नयाँ शक्तिका केन्द्रीय सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

२०८१ माघ २९ गते मंगलवार
सारांश
  • मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।

सुर्खेत : बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भीमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गराएका छन् । 

 
मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।


माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै उहाँले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्य समेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए । 


देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार