विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग

२०८१ माघ २९ गते मंगलवार
सारांश
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए ।

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् । 


मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए ।  


उनले भने, ‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे ।  दुई समूहबीच सम्झौता भयो । युद्ध बिराम भयो । कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन् ।

 

 यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन् ? उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ । यसले सरकारको जिम्मेवारी पूरा हुदैँन् । रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार