- मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
जनकपुर : धनुषामा भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार जनकपुरधामबाट ढल्केबरतर्फ आउँदै गर्दा सोमबार राति करिब ९ बजे उनले चलाएको मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२ नक्टाझिजमा दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि तत्काल जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशङ्कामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षक साहले दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ भइरहेको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।
शिक्षक विश्वकर्माको असामयिक मृत्युले स्थानीय समुदायमा गहिरो शोक छाएको छ । उनको मृत्युको शोकमा मिथिला नगरपालिकाभरिका सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिनको शोक बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखाले दिवङ्गत शिक्षकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालयहरू बन्द रहने जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।