- गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिव पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् ।
सर्लाही :सर्लाहीको रामनगर स्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रामनगर गाउँपालिका वडा नम्वर ३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो ।
गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिव पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् । सोमबार साँझ ७ः२० बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ ।
आगलागी भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा खटिएका १० जना प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर बस्तीका अन्य घरमा क्षति हुनबाट जगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
उनका अनुसार घर भित्र रहेका बाख्रा पाँचवटा, लत्ताकपडा, कागजपत्र, खाद्यान्न गरी पाँच लाख मूल्य बराबरको सम्पत्ती क्षति भएको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।