बालेन साहबाट गरिब जनतालाई दुख दिने काम भयो: सांसद सिंह

२०८१ माघ २९ गते मंगलवार
सारांश
  • मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए ।

काठमाडौं: स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन्  । 


मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए । 


उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुदैँन् । लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन् ।’ 


यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार