- अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए ।
मोरङ, २८ माघः राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्ग केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गरे ।
अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए । उनले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए ।
कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक)का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मी मोहन मानन्धर, किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिलाका, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यम आएका मानवअधिकार उल्लङ्घनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।