- आइतबार सिंहदरबारस्थित समितिको सभाहलमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक सम्बन्धमा छलफल भएको हो ।
काठमाडौं : पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको छ ।
आइतबार सिंहदरबारस्थित समितिको सभाहलमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक सम्बन्धमा छलफल भएको हो ।
छलफलमा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले समितिमा विधेयक पास भइसकेपछि पुनःलेखन गर्दा शब्दहरुमा ध्यान नदिँदा समितिमा एउटा छलफल गरेर टुङ्ग्याउँने गरेको तर पछि आउँदा फरक रुपमा आउने गरेकाले त्यो मुख्य समस्या रहको बताए । फाइनल ड्राफ्टलाई संसदमा लैजाँदैगर्दा चेक गरेर मात्रै पठाउन उनले आग्रह गरे ।
उनले भने,‘समितिमा पास भइसकेपछि पुनःलेखन गर्ने काममा शब्दहरु तलमाथि भएको पाइन्छ । त्यसैले सबैले यसको एउटा कपी आफूसँग राखेर फाइनल ड्राफ्टलाई संसदमा पुग्दैगर्दा चेक गरेर मात्रै पठाइदिनुपर्छ । समितिमा एउटा छलफल गरेर टुङ्ग्याउँछौं । पछि आउँदा अर्को आयो अहिलेको मुख्य समस्या नै त्यही हो । यसमा अलि ध्यान दिनुपर्ला कि ।’
त्यस्तै उनले खोला छेउमा घर बनाएर बस्दा प्रत्येक वर्ष आउने बाढीका कारण सम्पत्ती र मानविय क्षति बढ्दै गर्दा अर्को वर्ष फेरी त्यही गएर बस्ने प्रचलन पनि बढेको बताए ।
त्यस्तै नेकपा माओवादीका सांसद माधव सापकोटाले विधेयक ल्याउँदैगर्दा कानुनमा नै खेल्ने ठाउँ दिन नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।