सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा
२०८१ माघ २७ गते आईतवार
- उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए ।
काठमाडौं : सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेकोसमेत बताए ।
उनले भने, ‘यस्तोखाले नियम कानून लागू भयोभने तपाईंहामी कसैले पनि आलोचना गर्न पाउनुहुने छैन । सरकारी सत्तामा रहेका मान्छेहरुको आलोचना गर्न पाउनुहुने छैन । कसैले सरकारको विषयमा लाइक गर्नुभयो भनेपनि पाँच वर्ष जेलमा बस्नुपर्ने छ । पाँच लाख भन्दा बढी धरौटी तिर्नुपर्ने छ । त्यसकारणले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाइन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको छ ।’
यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल विधेयक ल्याउने फुच्चे खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन् । उनले यो अधिनायकवादी विधेयक फूच्चे खेल हो भन्दै सबै दलहरुलाई बन्द गर्न चेतावनी समेत दिए ।
उनले भने, ‘जब जब सत्तामा आउनुहुन्छ, तब जनताको अधिकार कटौती गर्न खोज्नुहुन्छ । नागरिकको स्वतन्त्र अधिकारलाई विधेयकले खोस्न खोज्दैछ । गठबन्धनमा बसेका अरु राजनीतिक दलहरुलाई पनि म चेतावनी दिन चाहन्छु–तपाईंहरुको यस्तो अधिनायकवाद ल्याउने जुन फुच्चे खेल हो यो सफल हुनेवाला छैन् । तत्काल यो फिर्ता लिनुस् ।’
संघले आजको विरोध प्रदर्शनमा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका हुन् । सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।