- आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् ।
उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मनतव्य सुन्न छाडेर टिकटकरहरुसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए ।
उनले भने, ‘अध्यादेश त एउटा नेपाली उखान छ नि अब खाउँ भने कसको अनुहार, नखाउ भने दिनभरिको शिकार भनेकोजस्तो भएको छ सरकारलाई । अहिलेका प्रधानमन्त्री अलि यो प्राविधिक रुपमा जोडघटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना भइसकेको छ । कहिले आफैं प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने, विपक्षी दलको नेताको मनतव्य सुन्न छोडेर टिकटकरहरुसँग गफ गरेर बस्ने अलि प्राविधिक टाइपको हो उहाँ तर यसपाली के खुस्कियो अब यो बुझ्न बाँकी छ ।’
साथै उनले यो सरकारले ल्याएको अध्यादेश घाँडो भएको बताए । उनले सकेसम्म प्रतिपक्षले यो अध्यादेश अस्वीकृत गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।