पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल

२०८१ माघ २७ गते आईतवार
सारांश
  • पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ ।


पोखरा : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए ।


पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ ।


यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार