धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो विद्युत चुहावटमुक्त पालिका

२०८१ माघ २७ गते आईतवार
सारांश
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन ।

जनकपुर :  धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा भएको छ ।


धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन ।


कार्यक्रममा बोल्दै घिसिङले  विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधाले पूर्ण रुपमा निर्वाह गरेको बताए ।


उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए ।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङसमक्ष किसानहरुका लागि थप विद्युत सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए ।


कार्यक्रममा नगरपालिकाका बिपन्न नागरिकलाई निःशुल्क मिटर समेत वितरण गरिएको थियो । 
 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार