डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने
२०८१ माघ २६ गते शनिवार
- सौन्दरीकरणका लागि मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट पचास लाख रुपैयाँ दिने भएका छन भने जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख र प्रतिनिधी सभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट रु पचास लाख रुपैयाँ दिने भएका छन् ।
जनकपुर : करिब डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरको सौन्दरीकरण हुन लागेको छ । मन्दिरको प्रवेशद्वारदेखि परिसरभित्रको पार्क निर्माणलगायतका कामहरु गरिने भएको छ ।
सौन्दरीकरणका लागि मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट पचास लाख रुपैयाँ दिने भएका छन भने जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख र प्रतिनिधी सभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट रु पचास लाख रुपैयाँ दिने भएका छन् ।
सो क्रममा शनिबार राम मन्दिरको दक्षिणपट्टि निर्माण हुने भनिएको प्रवेशद्वारको सांसद ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा सिलान्यास गरेका छन् ।
जनकपुरधामका धार्मिक तथा पर्यटकीय स्थलहरुमध्येको एक प्रसिद्ध मन्दिर हो राममन्दिर । प्रवेशद्वार निर्माणले पर्यटक र भक्तजनका लागि थप आकर्षण थप्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । उनले पहिले चरणमा प्रवेशद्वारा निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पार्क निर्माण हुने जानकारी दिए ।
अहिले हजारौं आन्तरिक तथा भारतीय पर्यटकहरु राम मन्दिर दर्शन गर्न दिनहु आउने गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।