जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ
२०८१ माघ २६ गते शनिवार
- संयुक्त ल्होसार÷ल्होछार÷ लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् ।
संयुक्त ल्होसार÷ल्होछार÷ लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । आदिवासी जनजातिहरुको लिखित इतिहास त छैन तर आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको. इतिहास छ । यो इतिहासलाई व्यवस्थित गर्नको लागि भाषालाई मान्यता दिनुपर्छ ।’
साथै उनले नेपाल राज्य सबैको साझा देश भएकाले हाम्रो राज्य र सरकार सबै धर्म मान्नेहरुप्रति निष्पक्ष रहनुपर्ने बताए । उनले कसै धर्मलाई धेरै माया र कसैलाई काखापाखा गर्न नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’