नयाँ शक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने
२०८१ माघ २६ गते शनिवार
- शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।
यसको साथै, उनले नयाँ शक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकता अनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए ।
उनले भने, ‘नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो । हामीले नयाँ शक्तिको मात्रै महाधिवेशन गर्दै छैनौ नेपालको राजनीतिक प्रणालीलाई पुनसंरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरु थिए, तीनिहरुलाई पुनसंरचना गरेर नयाँ युगको आवश्यकता अनुसार दार्शनिक मान्यता, प्रणालीहरुको स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसकारण नयाँ शक्तिको मात्र महाधिवेशन होइन्, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो ।’
महाधिवेशनका लागि एक हजार पाँचसय जना महाधिवेशन प्रतिनिधि छन् । यीमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनित हुनेछन् । १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ ।
कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरे अनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ । यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।