खानेपानी मन्त्रालयमा भएको आगलागीबारे अनुसन्धान सुरु

२०८१ माघ २६ गते शनिवार
सारांश
  • खानेपानी मन्त्रालयको अनुगमन गर्दै उनले अहिलेलाई इलेक्ट्रिक सर्ट भएर आगो लागेको कुरा आएपनि अनुसन्धानको लागि प्राधिकरणको टिमलाई बोलाएको बताए ।

काठमाडौं: उर्जा, जल स्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले खानेपानी मन्त्रालयमा भएको आगलागी बारे अध्ययनको काम भइरहेको बताएका छन् । 


उनले आगलागीका बारेमा अनुसन्धान गर्नका लागि विल्डिङको विद्युतीय वायरिङ चेकजाँज गर्न विद्युत प्राधिकरणको प्राविधिक टिमलाई बोलाइएको जानकारी दिए ।  


खानेपानी मन्त्रालयको अनुगमन गर्दै उनले अहिलेलाई इलेक्ट्रिक सर्ट भएर आगो लागेको कुरा आएपनि अनुसन्धानको लागि प्राधिकरणको टिमलाई बोलाएको बताए । 


उनले भने, ‘मन्त्री प्रदिप यादवको कार्यकक्ष भित्रको एउटा प्लगमा हिजोदेखि नै जलेको जस्तो गन्ध आइरहेको रहेछ, शंका लागेर खोलेर पनि हेुर्न भएको रहेछ । सोही आधारमा इलेक्ट्रिक सर्ट भएको हो कि भन्ने छ । प्राधिकरणको टिमलाई बोलाएका छौ । इन्भेस्टिगेसन र पूरै बिल्डिङ्को वाइरिङ् चेक गर्ने भनेका छौ । यसमा थप कुरा सीसी क्यामेरा हेरेपछि थाहा होला । ठूलो क्षती हुन पाएन, नियन्त्रण भइसकेको छ ।’ 


यस्तै, उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार