महालेखाबाट औल्याइएका बेरुजुहरु फछर्यौट गर्न आवश्यक : मन्त्री राई
२०८१ माघ २५ शुक्रबार
- मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए ।
काठमाडौं : रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालय निरन्तर सहयोग र समन्वयकासाथ निरन्तर अनुगमन गर्नुपर्ने छ । यसैगरी कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्नुपर्ने र हालसम्म कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक देखिन्छ ।’
त्यस्तै उनले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीय कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामाग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने,‘काठमाडौं तराई मधेस द्रुत राजमार्ग सडक आयोजनामा खरिद प्रकृयालाई कानुनसंवत एवम् पारदर्शी हिसाबले अघि बढाउनका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीयता कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्रीलगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’