राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला संयोजकमा लामा चयन

२०८१ माघ २५ शुक्रबार
सारांश
  • बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला संघको संयोजकको जिम्मेवारी लामालाई दिएको हो । संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताएकी छन् ।

हेटौंडा :  मकवानपुरको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला लामा चयन भएकी छिन् ।


बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला संघको संयोजकको जिम्मेवारी लामालाई दिएको हो । संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताएकी छन् ।

 
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि समितिको कार्यकाल ३ वर्षको रहनेछ । राप्रपाका प्रदेश सचिव गुञ्जन न्यौपानेको प्रमुख आतिथ्यमा भेला भएको हो । 


भेलामा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ र प्रदेश सदस्य खुशी कार्कीको उपस्थिति रहेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार