तनहुँमा फागुन १३ गतेदेखि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप हुने
२०८१ माघ २५ शुक्रबार
- ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन् ।
पोखरा : म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन् ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको गण्डकी प्रदेशभित्रका पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ्ग पाटनको खेल मैदानमा हुने जानकारी दिए ।
उक्त प्रतियोगीताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
सोही अवसरमा म्याग्दे गाउँपालिका–४ थर्पु व्याडमिन्टन क्लवको कवर्डहलमा फागुन १६ र १७ गते हुने जिल्लास्तरीय व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागीता रहने छ । पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट व्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित पोशाक प्रदान गरिने आयोजकले जनाएको छ ।
तीनवटै विधाका प्रतियोगीताहरु २२ गतेसम्म सकाउने र २३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेशभरीका खेलाडी सहभागी होउन् भन्ने उद्देश्यले प्रचारप्रसारमा समेत जोड दिईएको र प्रतियोगिताले स्थानीय र राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’