- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् ।
काठमाडौं: विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको आठसय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दुरी २ ः१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मिले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका हुन ।
यस्तै मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ः१३ः९१ र शाहीले २ः५८ः६५ मिनेटमा दुरी पार गरेका थिए । यस्तै सुदुर पश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।
यस्तै महिला लंङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय द्धितीय र त्रिभुवनकी विना थापा तृतीय भएका छन ।
यता पुरुष २०० मिटर दौडमा सुदुरपश्चिम विश्व.विद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्धितीय र काठमाण्डौ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।
महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।