प्रतिनिधि सभा बैठकमा विभिन्न प्रतिवेदनहरु पेस

२०८१ माघ २४ गते विहिबार
सारांश
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा सञ्चार तथा सूचना प्रविधि मन्त्रीपृथ्वी सुव्वा गुरुङले पेस गरेका हुन् ।

काठमाडौं : संघीय संसद प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७९–८० पेस भएको छ । 


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा सञ्चार तथा सूचना प्रविधि मन्त्रीपृथ्वी सुव्वा गुरुङले पेस गरेका हुन् ।


यस्तै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१–०८२को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मुल्याङ्कन प्रतिवेदन पेस गरे । 


भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१  पनि संसदमा पेस भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन पेस गरे । 


त्यस्तै , सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेद २०८१ र अर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन विधेयक फिर्ता गर्ने सम्बन्धि समितिको प्रतिवदेन अर्थ समितिका सभापति सन्तोष चालिसेले पेस गरे ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार