- विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन् ।
विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।
उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौ । एआइको नीति बनाएको छैनौ । बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं ।
नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’
मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए । उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ ।’
पाथीभरा केबुलकार निर्माणका विषयमा गलत प्रचार गरियो ः अध्यक्ष ढकाल
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारको अवसर सिर्जना गर्न सबैजना एक भएर नलागे सन्नतीहरु पछुताउने वातावरण रहेको बताए ।
उनले भने, ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्नतीहरु पछुताउने वातावरण बाहेक अरु केही हँुदैन ।’
उनले पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताए ।
उनले भने,‘बिकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकरात्मक प्रचार नगरौं । पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ । केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’
उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई वदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ‘केही मान्छेहरु आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन् । म अत्यन्तै चिन्तित छु । पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’