केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ
२०८१ माघ २४ गते विहिबार
- बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन् ।
उनले भने, ‘ताप्लेजुङको पवित्र भूमि मुकुम्लुङ जहाँ श्रद्धा र भक्ति हुनुपथ्र्यो त्यहाँ निर्दोष नागरिकको रगत बगाइएको छ । केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ । स्थानीय समुदायको आवाज दबाउन बन्दुक ताक्ने सरकारको रवैया पूर्ण रुपमा अस्विकार्य छ ।’
साथै, उनले सरकार दमनकारी शासक नभइ जनताको सेवक हुनुपर्ने बताए । उनले केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजिवन अस्तव्यस्त भएका नागरिकहरु र गोली प्रहार जस्ता कार्यहरुबाट घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
उनले भने, ‘सरकार जनताको सेवक हुनुपर्छ, दमनकारी शासक होइन । विकासको नाममा अन्याय, अत्याचार र बल प्रयोग कुनै हालतमा स्विकार्य छैन । केवलकार विरोधका कारण कोशी प्रदेशभर जनजीवन अस्तव्यस्त बन्द,ै बन्दका कारण हजारौं नागरिकहरु मर्कामा परेका छन् । हिंसा र गोली प्रहार जस्ता कार्यहरु फेरी नदोहोरियोस् । घाइतेहरुको तत्काल उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस् । स्थानीय समुदायको सम्मान गर्दै संवादका माध्यमबाट समस्याहरु समाधान हुनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।