अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

२०८१ माघ २४ गते विहिबार
सारांश
  • बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएतापनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताएका हुन् ।

काठमाडौं : राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् । 


बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएतापनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताएका हुन् । 


उनले भने, ‘मलाई यो सरकार हात्तिको दात जस्तै लाग्न थालेको छ । देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि ? के प्रेम गर्नु अपराध हो ? सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ । अन्तरजातिय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भिर छ । सरकारले जवाफ दिनुपर्छ ।’


साथै उनले अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि उनले आरोप लगाए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार