सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल
२०८१ माघ २४ गते विहिबार
- बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा बीमा क्षेत्रमा धेरै समस्याहरु देखिएको बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा बीमा क्षेत्रमा धेरै समस्याहरु देखिएको बताए ।
उनले भने, ‘म स्वीकार गर्छु बीमा व्यवस्थित गर्न जरुरी छ । यसमा धेरै समस्याहरु छन् । व्यवस्थित हुन नसकेको मुख्य कारण यसको कोष सुरक्षित नभएर हो । अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा यो स्थिति भएको हो । राज्यले नियमित दिने बजेटले यसको ६ भागको एक भाग पनि नपुग्ने स्थिति बनेको छ । त्यसैले यसको कोष कसरी सुनिश्चित गर्न सकिन्छ । त्यसको व्यवस्थापकीय सुधार कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’
त्यस्तै, उनले अहिले जसरी नै विरामीको सङ्ख्या बढ्दै जाने हो भने उपचार गर्नको लागि राज्यको क्षमता नपुग्ने बताए । निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै उनले त्यसको एउटा महत्वपूर्ण माध्यक खोप नै रहेको बताए ।
उनले भने, ‘हामीले विभिन्न रोगहरुको रोकथामको उपाय खोज्न आवश्यक छ र यसरी विरामीको सङ्ख्या बढ्दै जाने हो भने राज्यको क्षमता उपचार गर्नको लागि पुग्दैन् । त्यसलै नेपालीलाई निरोगी कसरी राख्न सकिन्छ । यो निरोधात्मक क्षेत्रमा हामीले काम गर्न जरुरी छ । त्यसको एउटा महत्वपूर्ण माध्यम भनेको खोप हो । त्यसमा हामीले अरु बढाउने गरी प्रयत्न गरिरहेका छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।