आर्थिक संकुचनका कारण सरकार अप्ठयारोमा छ : मन्त्री अधिकारी
२०८१ माघ २३ गते बुधवार
- बुधबार महाङ्काल गाउँपालिका गाउँ सभाको १६ औं अधिवेशनमा उनले फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्ने भन्दै त्यसमा यो गाँउपालिकालाई विशेष ध्यान दिने बताएका हुन् ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी वर्षको बजेटमा महाङ्काल गाउँपालिकाको लागि केही व्यवस्थापन गर्ने बताएका छन् ।
बुधबार महाङ्काल गाउँपालिका गाउँ सभाको १६ औं अधिवेशनमा उनले फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्ने भन्दै त्यसमा यो गाँउपालिकालाई विशेष ध्यान दिने बताएका हुन् ।
उनले भने, ‘हामी यो फागुन महिनाभित्र आगामी वर्षको बजेट निर्माण गर्दैछांै । त्यो बजेट निर्माण गर्दै गर्दा ललितपुर जिल्लाको महांकाल गाँउपालिकाको विकास गर्न र बसोबास यथावत राख्नको लागि के गर्न सकिन्छ । त्यो गर्नुपर्छ । हामी ५, ७ महिनाभन्दा बढि मन्त्री बन्न सक्दैनौं, यहाँ पनि छ समस्या तर मलाई यो ठाँउमा आएर बोली रहेको कुरा अर्को पटक मन्त्री बनेको व्यक्तिले पूरा गर्नुपर्छ भनेर मैले आँट गरेर बोलि रहको छु ।’
यसको साथै, उनले सरकार अप्ठयारो अवस्थामा रहेको र आर्थिक संकुचन भएको कारण असोज १२ र १३ गते भएको घटनामा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त नभएको बताए ।
उनले भने, ‘असोज १२ र १३ गते भएको घटनाले गर्दा पीडादायी अवस्था हामीले भोग्नु पर्यो । त्यो समयमा नेपाल सरकारको तर्फबाट जुन सहयोग भयो, त्यो सहयोग पर्याप्त थिएन । प्रारम्भमा मात्र हामीले केही सहयोग सरकारको तर्फबाट भएको थियो । हामी अहिले अप्ठयारो अवस्थामा छाँै, आर्थिक संकुचन छ, तपाईंहरुलाई यथार्थ भन्नुपर्छ, हामीसँग आर्थिक संकुचन छ । अप्ठ्यारो अवस्था थियो र छ । यही कारण सोचे जतिको सहयोग हुन सकेन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’