आज चारवटा संसदीय समितिको बैठक बस्दै

२०८१ माघ २३ गते बुधवार
सारांश
  • आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ । छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ ।

काठमाडौं : संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै छ । 


जसअनुसार आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ । छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ ।


यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा दिनको साढे १२ बजे लागेको हो । बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 


यस्तै आज पनि विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । सिंहदरवारमा दिनको १ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  

यसैगरी आजै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । दिनको १ बजे बस्ने भनिएको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत गरिनेछ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार