- सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो ।
रौतहट : सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपता भएका युवकको शव फेला परेको छ ।
सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो ।
राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।
उनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’