‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव हुने

२०८१ माघ २३ गते बुधवार
सारांश
  • घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले घान्द्रुक पर्यटन महोत्सव आयोजना गर्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

पोखरा :  कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव आयोजना गर्ने  भएको छ ।  


घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले घान्द्रुक पर्यटन महोत्सव आयोजना गर्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । 


चैत अन्तिम साताबाट सुरु हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेश गरिनुका साथै मुख्य आकर्षणका रुपमा भलिबल, बास्केटबल तथा घोडा दौड प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ । 

 


विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको अवस्थामा सगँसंगै ढुङ्गेनी गाउँ घान्द्रुक पनि विश्वको दोश्रो छोटो दुरी गन्तव्यमा पर्न सफल भएको छ । हामी अझ पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि यस पर्यटन महोत्सवले टेवा पुर्याउने विश्वास लिएका छौं ।’


नितान्त पर्यटनको क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरेको यो संस्थाले खेल पर्यटको प्रर्वद्धन गर्न कसरत गरिरहेका बताएको छ ।  

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार