काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना

२०८१ माघ २२ गते मंगलबार
सारांश
  • माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् ।


माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् ।

 
यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन् । 


सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए ।


यस्तै नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजु हरेकमा ४० ÷ ४० बालबालिका भर्ना भएका छन् । 


प्रारम्भिक बाल विकास कक्षाहरुमा बाल केन्द्रीत सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरुको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो । 


सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाहरुको स्तर वृद्धिमा काम भइरहेको छ ।
यसअन्तर्गत विद्यार्थीहरुको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ । 


यस्तै शिक्षकहरुलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसिडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ । 
 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार