तातोपानी कुण्ड पुगे प्रचण्ड, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड
२०८१ माघ २२ गते मंगलबार
- पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुकपेजमा उक्त भिडियो पोस्ट गरेका छन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुकपेजमा उक्त भिडियो पोस्ट गरेका छन् । सो क्रममा बोल्दै उनले कही बर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरुको साथमा तातोपानी कुण्ड आएको स्मारण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन ।
तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे । यसका लागि पटक पटक बजेट बिनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए ।
उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो । तातोपानी कुण्डका पदाधिकारीले बर्षातको समय आउनसक्ने बाढी र गर्ने सक्ने क्षति न्युनिकरणका बारेमा जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।