पछाडि परेका जातजातिका क्षेत्रमा काम गर्न आयोगलाई सभामुखको सुझाव
२०८१ माघ २१ गते सोमबार
- जातजातिका विषयमा पछाडि परेका कुराहरुलाई नीति निर्माण गरी अगाडि लैजान आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जातजातिबीच हुने भिन्नताहरुका विषयहरु आदिवासी जनजाति आयोगले सोही अनुरुप काम गर्न सुझाव दिएका छन् ।
सोमबार आदिवासी जनजाति आयोगको चौंथौ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जातजातिका विषयमा पछाडि परेका कुराहरुलाई नीति निर्माण गरी अगाडि लैजान आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ हिजो जातिको महत्व नबुझ्दाखेरी आफ्नो जातिको पहिचानलाई ल्याउन नसेकेको र नचाहेको अवस्था थियो । अहिले त्यसको महत्व बढेको छ । अहिले प्रतिस्पर्धा बढेको छ । कुन जाति कहाँ बसेको छ त्यसमा ध्यान गएको देखिदैन् । तर जातजतिका विशेषताहरुलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि हो । पछाडि परेकाहरुलाई अगाडि ल्याउनका लागि नीति, निर्माण गर्ने, सोही आधारमा सरकारलाई कार्यक्रम बनाउनका लागि सुझाव दिने, बनेका कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सबैले अगाडि बढ्न जरुरी छ ।’
साथै सबै क्षेत्रहरुमा सबै जातिहरुलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए । उनले सबै जातजातिका संस्कृतिहरुले समाज समृद्ध बनाउनमा मद्दत पुर्याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए ।
जातिय संस्कृति र परम्परालाई व्यवस्थित गर्न जोड
यसैगरी कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आदिवासी जनजाति आयोगसँग मुलुकको सफलता जोडिएको बताएकी छन् । उनले नेपाल एउटा विभिन्न जातजातिहरुको, भाषभाषीहरुको, संस्कृति र परम्पराहरुको मुलुक भएकाले यो सबैलाई व्यवस्थित गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्,‘आदिवासी जनजाति आयोगसँग नेपालको पनि एउटा सफलता जोडिएको छ । नेपाल एउटा विभिन्न जातजातिहरुका, भाषाभाषीहरुको, संस्कृति र परम्पराहरुको मुलुक पनि हो । यसलाई हामीले व्यवस्थित गर्नसक्यौं भने जातजातिहरुको तथा भाषाभाषीहरुको, संस्कार संस्कृतिहरुलाई मात्रै नेपालले व्यवस्थित गर्ने हो भनेपनि पर्यटनको महत्वपूर्ण गन्तव्य नेपाल बन्नसक्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।