तीन वर्षमा एक हजार छ सय ६६ अनलाइन सूचीकृत

२०८१ माघ २१ गते सोमबार
सारांश
  • नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

काठमाडौँ, २१ माघ : पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।

 

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताए । “स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ”, उनले भने ।

 

प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको उल्लेख गर्दै उनले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताए ।

 

अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए । पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पारे ।

 

भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तरक्रिया गरेका थिए। विसं २०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिए ।

 

अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई काउन्सिलले कक्षामा सहभागी गराउँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार