रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् ।


शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् ।


उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले पनि सोही अनुसार निलम्बन गर्ने प्रकृया उचित हुँदैन् । यसको प्रकृया संसदको नियमावलीमा स्पष्ट राखिएको छ । अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनु भएको छ ।’


सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार