प्रचण्डको अवसरवादी चरित्रका कारण कांग्रेस–एमाले एक ठाउँमा उभिए : ज्ञवाली
२०८१ माघ १८ गते शुक्रबार
- नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार उदघाटन गर्दै ज्ञवालीले प्रचण्डकै कारण कांग्रेस र एमालेको सरकार बनेको बताए ।
रामेछाप : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिनु परेको बताएका छन् ।
नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार उदघाटन गर्दै ज्ञवालीले प्रचण्डकै कारण कांग्रेस र एमालेको सरकार बनेको बताए ।
‘कांग्रेस सभापतिले एमाले अध्यक्षलाई तपाईँ प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था सिर्जना भयो । कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ एमाले अध्यक्ष केपी ओलीको घरमा गएर दुई वर्षको लागि प्रधानमन्त्री बनिदिनुस् भनेर भनेपछि अध्यक्ष प्रधानमन्त्री बन्नुभएको हो’, उनले भने ।
सत्ता एमालेको लक्ष्य नभएको बताउँदै ज्ञवालीले समाज बदल्ने साधन मात्र भएको बताए । सत्तालाई साध्यको रूपमा बुझ्नु हुँदैन, त्यो साधन मात्र हो’, उनले भने ।
देशको राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि नेकपा एमाले सरकारमा गएको उनले बताए । १० सिट ल्याएका माधव नेपाल समेत प्रधानमन्त्री हुने लाइनमा बसेपछि स्थिर सरकार बनाउन एमाले सरकारमा जानु परेको उनको भनाइ छ ।
ज्ञवालीले एमाले र कांग्रेसको संयुक्त सरकार भएपनि कांग्रेसलाई हेर्ने एमालेको प्रष्ट दृष्टिकोण भएको बताए । निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा एमाले र कांग्रेसका नेताहरूले स्पष्ट रूपमा बताउँदै आएका र यथार्थ पनि यही भएको उनले प्रष्ट पारे ।
२०८४ अघि कांग्रेस र एमाले मिलेर देशका समस्या समाधान गरेर निर्वाचनमा जाने उनले बताए । कांग्रेस एमालेको सरकार देशको परिस्थितिको बाध्यात्मक बाटो भएको उनले प्रष्ट पारे ।
अहिले देशको आर्थिक क्षेत्र निक्कै कमजोर भएको बताउँदै ज्ञवालीले त्यसको सुधारको लागि काम गरिरहेको बताए । धेरै ठुलो काम गर्न नसकिए पनि जनताले अनुभूत गर्नेगरी आर्थिक, सामाजिक क्षेत्र र कानुन निर्माणको क्षेत्रमा केही न केही काम हुने उनले विश्वास दिलाए ।
सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनि विरोधीले भनिरहेका भए पनि अहिलेको सरकार राजनीतिक रूपमा बलियो रहेको उनको भनाइ छ । कांग्रेस र एमाले मिलेर अहिले सरका बनाएको बताउँदै यस्तो अवस्थामा पनि विरोधीको आक्रमणको निशाना एमाले र एमाले अध्यक्ष केपी ओली माथि मात्र भएको उनले बताए ।
ज्ञवालीले भूराजनीतिक अवस्था नेपालको लागि केही जटिल बन्दै गएको बताए । दक्षिणको भारतमा पुँजीवादी शासन व्यवस्था र उत्तरको चीनमा समाजवादी शासन व्यवस्था भएकोले दुई देश बिचमा रहेको नेपाललाई सन्तुलन कायम गर्ने कुरा निक्कै जटिल भएको बताए ।
चीन विश्वको एक नम्बरको आर्थिक शक्ति मात्र होइन विज्ञान प्रविधि लगायतको क्षेत्रमा पनि एक नं शक्ति बन्नेगरी अघि बढेको उनले बताए । पुँजीवादी देशहरूले पनि यसलाई स्विकारी सकेका उनको भनाइ छ । अब चीन विश्वको पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो शक्ति बन्ने स्थिति बन्दै गएको उनले बताए ।
अहिले एकले अर्कालाई निषेध गरेर विश्व अघि बढ्न सक्ने अवस्था अब टर्दै गइरहेकोले यसले केही सकारात्मक सन्देश दिएको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा चुनौतीसँग सम्भावना पनि बढ्दै गएको ज्ञवालीले बताए ।
भारत सधैँ नेपाललाई आफ्नो नियन्त्रणमा राख्न उद्यत रहेको बताउँदै ज्ञवालीले नेपाललाई उसले नेपालको स्वतन्त्रता हार्दिकतापूर्वक स्विकार्न नै नसकेको बताए । चीन नेपालको मित्र राष्ट्र भए पनि चीनले समेत नेपाललाई त्यतिकै सहयोग नगर्ने उनले स्पष्ट पारे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।