पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए ।

काठमाडौं: नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् । 


शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए । 


उनले भने, ‘बैठकमा पाथिभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’


यसको साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार