भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्ध समाजवादी मोर्चाको प्रदर्शन
२०८१ माघ १८ गते शुक्रबार
- समाजवादी मोर्चा नेपाल सम्बद्ध युवा मोर्चाले शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर संयुक्त बिरोध प्रदर्शन गरेको हो ।
काठमाडौं : भ्रष्टाचार, कालोबजारी र महंगी विरुद्ध समाजवादी मोर्चामा आवद्ध युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
समाजवादी मोर्चा नेपाल सम्बद्ध युवा मोर्चाले शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर संयुक्त बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले अहिलेको सरकारले भष्ट्राचार न्यूनीकरण गर्ने नाममा भष्ट्राचारीलाई नै काखी च्यापेर व्यक्तिगत रुपमा सम्पत्ति जम्मा गरिरहेको आरोप लगाए ।
उनले भने, ‘एमाले–कांग्रेसको सरकारले भ्रष्ट्राचारलाई रोक्ने निहूँमा सम्पत्ति जम्मा गरिरहेको छ । एमाले पार्टीले मीनबहादुर गुरुङजस्ता राज्यलाई कर छली गर्ने ठूलो व्यापारीलाई बोकेर भ्रष्टाचार गरिरहेको छ ।’
उनले समाजवादी मोर्चामा जोडिएका दलका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा नजोडिएको दाबी पनि गरे । उनले माओवादीमाथि आरोप लगाउनुको कुनै अर्थ नरहेको पनि बताए ।
उनले भने, ‘समाजवादी मोर्चामा जोडिएका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा जोडिएका छैनन् । प्रचण्डले सरकारको नेतृत्व गर्दा पनि आफनै पार्टीका जिम्मेवार नेताहरुलाई समेत पक्राउ गरेर कारबाही गरेका थिए । त्यसकारण हामीलाई आरोप लगाउनेहरु भनेको गिरिबन्धु टी स्टेट सट्टापट्टा गरेर खानेहरु, ललिता निवास निलेर मोटाएकाहरुले हो । आरोपको कुनै अर्थ छैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।