सामान्य अवस्थामा अध्यादेश ल्याइनु प्रजातन्त्र बिपरित : प्रेम सुवाल
२०८१ माघ १८ गते शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र बिपरीत भएको भन्दै यसले संसदलाई औचित्यहीन बनाएको बताए ।
काठमाडौं :नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामान्य अवस्थामा अध्यादेशमार्फत कानुन ल्याइनु प्रजातन्त्र बिपरीत भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र बिपरीत भएको भन्दै यसले संसदलाई औचित्यहीन बनाएको बताए ।
उनले भने, ‘सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र बिपरीत हो । संसदलाई औचित्यहीन बनाउनु हो । सहकारी ठगको सम्पत्ती र लगानी जफत गरी जनताको बचत फिर्ता प्रावधान अध्यादेशमा छैन । २० प्रतिशत भन्दा बढी मुनाफा खान नपाउने कानुनी व्यवस्था खारेज गरिएको अध्यादेशले कालाबजारीलाई फाइदा भएको छ । चार सयको सिमेन्ट आठ सय पुग्यो, उपभोग्य सामानको मूल्य बढ्यो । यस्तो अध्यादेशलाई जनताले पालना गर्न पर्दैन ।’
उनले सरकारी जग्गा मासेर बेच्ने काम राजनीति नभएको भन्दै पाथीभरामा केवलकार ल्याउने काम जनबिरोधि काम भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’