जनकपुरमा विशाल भण्डारा आयोजना गरिंदै, पाँच लाख मानिस आउने
२०८१ माघ १८ गते शुक्रबार
- कार्यक्रममिथिला नगरपालिका– बेलाचापी सतलोक आश्रममा हुन लागेको उनले जानकारी दिए ।
काठमाडौं: कबीरजी निर्वाण दिवस एवम जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको वोध दिवसका अवसर पारेर जनकपुरमा विशाल भण्डारा आयोजना हुने भएको छ ।
यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्ण ब्रह्म कवीरदेव साहेबजीको निर्वाण दिवसका अवसरमा विशाल भण्डारा आयोजना गर्न लागिएको हो ।
पूर्ण ब्रहाम कबिर बाचक समाजको आयोजनामा यही माघ २४ देखि २६ गतेसम्म निर्वाण दिवस तथा फागुन ३ गतेदेखि ५ गतेसम्म सन्त रामपालजी महाराजको बोध दिवसको पावन अवसरमा सतलोक आश्रम नेपाल, धनुषा धाम, जनकपुरमा विशाल निःशुल्क भण्डारा हुन लागेको हो ।
उक्त अवसरमा सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिएको पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष कुमार डंगालले जानकारी दिए ।
कार्यक्रममिथिला नगरपालिका– बेलाचापी सतलोक आश्रममा हुन लागेको उनले जानकारी दिए ।
उनले भने, ‘पूर्ण ब्रह्म कवीरदेव साहेबजीको स्मरणका निर्वाण दिवस हुन लागेको हो । सन्त रामपालजी महाराजको बोध दिवसको पावन अवसरमा सतलोक आश्रम नेपाल, धनुषा धाम, जनकपुरमा विशाल निःशुल्क भण्डारा हुन लागेको छ । कार्यक्रम सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ प्रकाश, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनी, आदि जस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरू हुनेछन् ।’
साथै उनले निर्माण दिवसको महत्व आफैंमा महत्वपूर्ण रहेको बताए । उनले पूर्ण ब्रह्म कवीरदेव साहेबजीको स्मरणको लागि प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु आयोजना हुने गरेको बताए ।
कार्यक्रमको मुख्य उदेश्य सद्भक्ति प्रदान गरी विश्वलाई मोक्ष प्रदान गर्नुका साथै जीव हिंसा अन्त्य, समाजमा भ्रष्टाचार, छुवाछुत र भेदभावको अन्त्य गर्नुका साथै समाजमा व्याप्त दाइजो प्रथाको अन्त्य गर्नु रहेको सन्त रामपालजी महराजका अनुयायी आमराज ढकालले बताए ।
कार्यक्रममा विभिन्न देशका पाँच लाख भन्दा बढी मानिस सहभागी हुने समेत आयोजकले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।