- नेपाल तामाङ घेदुङको अगुवाइमा चन्द्रपुर नगरपालिका वडा नं १ नुनथर बागमती, वडा नं ४ को टेकान र वडा नं ३ को गैडाटारमा सास्कृतिक कार्यक्रम भएको हो ।
रौतहट : सोनाम ल्होसारको अवसरमा चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा विशेष सास्कृतिक कार्यक्रम गरिएको छ ।
नेपाल तामाङ घेदुङको अगुवाइमा चन्द्रपुर नगरपालिका वडा नं १ नुनथर बागमती, वडा नं ४ को टेकान र वडा नं ३ को गैडाटारमा सास्कृतिक कार्यक्रम भएको हो ।
पर्यटकिय क्षेत्र नुनथरमा भएको सास्कृतिक कार्यक्रमको उदघाटन सघीय सांसद देव प्रसाद तिमल्सिनाले गरेका हुन । सो कार्यक्रममा बोल्दै उनले तामाङ समुदायको सास्कृति तथा संरक्षण एवम् प्रवद्र्वनमा यस्ता किसिमको कार्यक्रमले टेवा पुग्ने विश्वास लिएको बताए । यस्ता किसिमको चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
मधेस प्रदेश सभा सदस्य युवराज भट्टराईले यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्तवपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको बताए ।
नेकपा एमालेको तर्फबाट आरती भण्डारीले शुभकामना मन्तव्य राखेकी हुन । तामाङ समुदायका मानिसहरुले आ–आफ्नै भेषभूषा लगाएर कार्यक्रममा सहभागी भएका थिए । एक आपसमा शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रम गरी बिहीबार सोनाम ल्होसार मनाइएको हो ।
सोनाम ल्होसार विशेष गरेर तामाङ समुदायले घर, गुम्बा तथा सार्वजनिक स्थानमा पूजाआजा, प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमहरू गरी मनाउने गर्दछन् । ल्हो” को अर्थ वर्ग अर्थात् वर्ष हो भने “छार” को अर्थ नयाँ हो । सोनाम ल्होछार १२ पशु चक्र (मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर) अनुसार मनाइन्छ ।
गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गर्दै यो पर्व मनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’