नेपाल टेलिभिजनले गुणस्तरीय कार्यक्रम ल्याउन नसकेको मन्त्री गुरुङको गुनासो
२०८१ माघ १७ गते विहिवार
- बिहीबार नेपाल टेलिभिजनको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले नेपाल टेलिभिजनले प्रेस स्वतन्त्रालाई प्रत्याभुति दिने खालका कार्यक्रम नल्याएको बताएका हुन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजन देशको पुरानो टेलिभिजन भए पनि गुणस्तरीय कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।
बिहीबार नेपाल टेलिभिजनको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले नेपाल टेलिभिजनले प्रेस स्वतन्त्रालाई प्रत्याभुति दिने खालका कार्यक्रम नल्याएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो टेलिभिजनले प्रोग्रामहरु दिन सकेको छैन् । म आज भन्छु, हाम्रोमा प्रोग्रामहरु आकर्षण खालको, जनतालाई सूचना दिने खालको, प्रेस स्वतन्त्रता अभिव्यक्ति, स्वतन्त्रालाई प्रत्याभुति दिने खालको व्यापक जनतालाई समेट्ने खालको सही तथ्य सूचना दिने खालको प्रोग्रामहरु ल्याउनु पर्यो । सबै भन्दा पुरानो भन्छौ तर हामीले किन गर्न नसकेको ? राम्रो राम्रो कार्यक्रमहरु सबै अर्कैकोमा छ अब त्यो सबै हाम्रोमा हुनुपर्छ । त्यसको लागी के गर्नपर्छ हामी गर्छौ । मन्त्रालयले के गनुपर्छ हामी गर्छौ ।’
त्यस्तै, उनले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव, समावेशिता सहभागितामूलक लोकतान्त्रिक त्यसको सुदृढताको लागी जनताको घर –घरमा नेपाल टेलिभिजन देखिनेगरी काम गर्न आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।