अध्यादेशबाट देश चलाउनु गलत : डा. डिला संग्रौला

२०८१ माघ १७ गते विहिवार
सारांश
  • विहीबार नेपाल डेमोक्याटिक लयर्स एसोसियसन र पेशागत बुद्धिजिवी बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा उनले सरकारले अध्यादेशबाट नभइ सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।

विराटनगर :  नेपाली कांग्रेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले अध्यादेशबाट देश चलाउनु गलत भएको उल्लेख गरेकी छिन् । विहीबार नेपाल डेमोक्याटिक लयर्स एसोसियसन र पेशागत बुद्धिजिवी बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा उनले सरकारले अध्यादेशबाट नभइ सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।


नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभागकी अध्यक्ष समेत रहेकी संग्रौलाले भनिन् ‘संविधानको मूल संरचना परिवर्तन नहुनेगरी संविधान संशोधन हुनुपर्दछ भन्ने कुरामा कांग्रेस प्रतिवद्धछ । यो बहस लोकतन्त्रको केन्द्रविन्दु विराटगरमा सुरु भएकाले एउटा निचोड निस्कने छ ।’


प्रधानमन्त्रीले २०८७ मा संशोधन हुन्छ भन्ने कुराको विरोध गर्दै संग्रौलाले प्रधान्मन्त्रीले सात बुँदे प्रतिवद्धताको विपरित कार्य गर्न खोजेको बताईन । संग्रौलाले सरकारले जनतामा आशा जगाउन नसेकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् ‘पछिल्लो सामाजिक संजाल विधेयकका नाममा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित नहोस ।’


नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभाग र नेपाल डेमोक्रेटिक लर्यस एसोसियसनले सातै प्रदेशमा अन्तरक्रिया गर्नेछ ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार