विपिन जोशी जीवित रहेको पुष्टि, आज छुटने सूचीमा भने परेनन्
२०८१ माघ १७ गते विहिवार
- गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
काठमाडौँ: हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ।
विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।
गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
तर बिहीबार (आज) छुट्ने बन्धकहरूको नाममा भने विपिनको नाम उल्लेख छैन।
उनलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरायली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।