‘एक्टर टेक–वन’ देशव्यापी प्रदर्शन गर्नदिने सहमती

२०८१ माघ १७ गते विहिवार
सारांश
  • विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापीरुपमा प्रदर्शन गर्न दिने सहमती भएको जानकारी गराएका हुन् ।

काठमाडौं : ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ । 


विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापीरुपमा प्रदर्शन गर्न दिने सहमती भएको जानकारी गराएका हुन् । 


यसको साथै, ‘एक्टर’ का निर्माताले भोलि माघ १८ गते ‘एक्टर टेक–वन’ निर्माताहरु तथा चलचित्र विकास बोर्ड समेतका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपुर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ । 


चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ तथा नेपालभरका सम्पूर्ण हलहरुमा उल्लेखित ‘एक्टर–टेक वन’ चलचित्र आजकै मितिबाट प्रदर्शन हुने भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार