एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ
२०८१ माघ १७ गते विहिवार
- पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।
रौतहट: रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।
जलसाजीका राम सिहासन साह र साहेब लाल साहलाई रु १० जरिवाना तोकिएको उनको भनाइ छ । किर्तेका गगाजली देवी र कुटपिट लुटपिटका ललीता देवी दासलाई रु ५० जरिवाना तोकिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
किर्ते जलसाजीका गणेश महरा चमार, लुट्पिट गाली बेइजतीमा शेख जाकिर , गाली बेइजतीमै जितन राय यादव, प्रभा देवी कुटपिटमा महेन्द्र राय यादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र राम नाथ साहलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टालीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।