‘गोलि पचाएर यहाँसम्म आइपुगेका हामी दलाल पुँजीवादको रजाईबाट तर्सिन पर्दैन’
२०८१ माघ १५ गते मंगलवार
- मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलिले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन् ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलिले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन् ।
उनले भने, ‘म भन्न सक्छु यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं । यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौ हामीले गोलिले उडायौं, हामी गोलिले उड्यौं हामीसबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन् । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन ।’
त्यस्तै, उनले दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति, स्थिरता र स्वाधिनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे । वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे ।
उनले भने, ‘दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधिनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदी वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीकोबीचमा समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’
त्यस्तै, उनले अहिले गणतन्त्र आएपनि जनताको गणतन्त्र बन्न नसेको भन्दै जनताको गणतन्त्र बनाउन सबैजना लाग्न आवश्यक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।