चन्द्रपुरका पशुमा खोरेतविरुद्धको खोप लगाउन थालियो

२०८१ माघ १५ गते मंगलवार
सारांश
  • भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गौरको आयोजना र पशुसेवा शाखा चन्द्रनिगाहपुरको समन्वयनमा वडाभर रहेका पशुमा खोरेतको खोप दिन लागिएको चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीले बताए ।

रौतहट :  रौतहटको चन्द्रपुर नगरपालिका–६ ले गाई भैँसीलाई निशुल्क खोरेतविरुद्धको खोप लगाउन थालेको छ । पशुमा महामारीका रुपमा खोरेत फैलिनसक्ने भएकाले वडा कार्यालयले खोप कार्यक्रम सञ्चालन गरेको हो ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गौरको आयोजना र पशुसेवा शाखा चन्द्रनिगाहपुरको समन्वयनमा वडाभर रहेका पशुमा खोरेतको खोप दिन लागिएको चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीले बताए ।


उनका अनुसार यहाँका अधिंकाश किसान पशुपालनमा आत्मनिर्भर रहेकाले यसबाट रोक्न निशुल्क खोप तथा उपचार अभियान सुरु गरेको हो । 


वडाको अधिंकाश घरघरमा गाईभैँसी पालन रहेकाले खोरेत रोगबाट बचाउनका लागि खोप अभियान संञ्चालन गरेको उनको भनाइ छ । गोठ गोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र पशु पालक कृषकलाई खोरेत फैलिन नदिनका लागि सल्लाह र सुझाव दिने गरेको उनले जानकारी दिए । 


खोरेत रोग लागेका पशुहरूलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुची खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नुलगायतका लक्षण देखापर्ने गरेका छन् ।


खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरूबाट फैलिने गरेको पशु प्राविधिकहरूको भनाइ छ ।


खोरेत रोगबाट गाई भैँसीको ज्यान समेत जाने भएकाले खोप लगाउन चन्द्रपुर नगरपालिका पशु शाखाले आग्रह गरेको छ । प्रायः धेरै किसानलाई पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा पनि क्षति व्यहोर्नु परेको पशु सेवा बिज्ञ केन्द्र गौरले जनाएको छ ।

 

 

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार