समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन :नेपाल
२०८१ माघ १५ गते मंगलवार
- मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् ।
काठमाडौं : नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् ।
उनले भने, ‘हामीले यो समाजवादी मोर्चालाई वास्तवमा जसरी अगाडि बढाउनु पर्ने थियो बढाउन सकेनौ । यसलाई गतिशिल गर्नैपर्छ । तीनवटा घटक त हामी नै छदैछौ । यि तीनवटा घटक पुरानै घटक हुन् । मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्न सक्छौ । त्यो क्षमता र शक्ति छ । यो सँगै आफ्नो पार्टीका गतिविधि पनि बढाइरहेका छौं । किनभने एकतामा नै बल हुन्छ ।’
यसको साथै, उनले देशव्यापी रुपमा सन्देश सभाहरु भइरहेको अवस्थामा अहिलेका प्रधानमन्त्रीले दलहरु विभाजित हुने अवस्था सिर्जना गरेको पनि बताए ।
उनले भने, ‘देशैभर सातैवटा प्रदेशमा सन्देश सभाहरुको आयोजना गर्यौं । समाजवादी मोर्चाको सन्देश सभा भयो र राम्रो नै प्रस्तुती भएको थियो । प्रदेशपछि जिल्लामा पनि यस्ता सभा हुन्छ कि भन्ने आशा गरिरहेको थियो तर त्यो गर्न सकेनौं । किनभने राष्ट्रिय राजनीतिमा केही परिवर्तनहरु भए । आन्तरिक काममा व्यस्त हुने अवस्था भयो । घटक दलहरु विभाजित हुने अवस्था पनि भयो । जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । यो विभाजन अरुले गरेको होईन अहिलेका प्रधानमन्त्रीले नै गरेका हुन् ।’
गफमा अगाडि परिणाममा सधैँ पछाडि पर्ने अवस्था भएको हुनाले जनताले विकल्पको खोजी गरिरहेकाले ०८४ को चुनावको पर्खाइमा रहेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’