सञ्चालन अनुमति लिएर मात्रै सामाजिक सञ्जाल प्रयोगमा ल्याईने

२०८१ माघ १५ गते मंगलवार
सारांश
  • यो विधेयकले फेसबुक, (ट्विटर) परिवर्तित नाम एक्स लगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

हालै नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।

 

यो विधेयकले फेसबुक, (ट्विटर) परिवर्तित नाम एक्स लगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

 

यो विधेयक संसदबाट पारित भएर ऐनको रूप लिएको ६ महिनाभित्र त्यस्ता सामाजिक सञ्जालले सरकारको सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनुमति र सूचीकरण गर्नुपर्नेछ। उनिहरूले नेपालमा सम्पर्कविन्दु स्थापना गर्नुपर्ने नभए सञ्चालनमा रोक लगाउनेजस्ता व्यवस्थासमेत विधेयकमा समावेश छ।

 

कुनै पनि सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा आउनुअघि नै नेपालसँग अनुमति लिनुपर्ने व्यवस्था विधेयकले गरेको छ।

 

सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसदमा पेस भएको प्रस्तावनामा उल्लेख छ।


नेपाल बाहिरबाट सञ्चालित सामाजिक सञ्जालका हकमा नेपालमा गुनासो सुनुवाइ संयन्त्र राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ। गुनासो सुनुवाइ संयन्त्र नराखे त्यस्ता सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा सरकारले रोक लगाउन सक्नेछ।

 

नेपालमा फेसबुक लगायत सामाजिक संजालाहरूले संचालन अनुमति नलिएमा वा सरकारले त्यस्ता सामाजिक संजाल संचालनका लागि अनुमति नदिएको अवस्थामा त्यस्ता सामाजिक सञ्चालनमा रोक लगाउने व्यवस्था पनि छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार