उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यक: मन्त्री खड्का
२०८१ माघ १५ गते मंगलवार
- उनले उर्जा क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ । यसले ग्रीन हाइड्रो उर्जा उत्पादन गर्ने ठूला ठूला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौं ।’
साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उनले विश्वास लिए । उनले उर्जा क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’