हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्ने
२०८१ माघ १५ गते मंगलवार
- मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन् ,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’
साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भिर उल्ङ्घन भएको बताइन्।
यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्य शेर बहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन समेत बुझाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।